देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट

देशान्तर

काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट लगिएको छ ।
मन्त्रिपरिषद्को निर्णय अभिव्यक्ति स्वतन्त्रविरुद्ध रहेको भन्दै खारेजीको माग सहित सर्वोच्चमा रिट लगिएको हो । ती रिटमा अध्ययन भइरहेको र अध्ययनपछि दर्ता हुने÷नहुने टुंगो लाग्ने सर्बोच्च अदालत प्रशासनले जनाएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले छुट्टाछुट्टै रिट निवेदन पेश गरेका हुन् ।


सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।
नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई यसै साता एउटा पत्र पठाएको थियो । उक्त प्रत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे सातवटा बुँदामा स्मरण गराएको छ ।