देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मधेश प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत पठाउने

देशान्तर

काठमाडौं । भूकम्प प्रभावितलाई मधेश प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत पठाउने तयारी गरेको छ ।
सोमबार बसेको मधेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेको हो । मधेश प्रदेश सरकारले चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री पठाउन लागेको हो ।

मधेश प्रदेश सरकारले नेपाल सरकारको गृह मन्त्रालय मार्फत खाद्यान्न सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पठाउन लागेको जनाएको छ।