देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिग्रेको, बिगारिएको


डुङ्ग गन्हाएको शासकको
फोहोर प्रदत्त उब्जनी रेखदेख गर्ने यन्त्र बनाए त्यो संयन्त्रलाई
विधिकर्ताले जन्माएका थिए
फोहोर हुनै नदिनको लागि
नयाँ शासकहरूको सुरसाको मुख
यो पवित्र ४५ त्रिकोण श्रीयन्त्र
गोडमेल र मोडबाट
फोहोर संरक्षण गर्ने विधियन्त्र
बनाइयो
सम्पत्ति शुद्धीकरण गरेजस्तो
व्यक्तिलाई शुद्धीकरण गर्ने
निक्खरा चोखो बनाउने
संयन्त्र पो बनाइयो
यो त झन् बेकार भयो
चार्ज भने जाइलाग्ने
नत्र शासक छेउ फ्वाँ! फ्वाँ!!
लुटको श्राद्ध गर्ने जोरजाम
चामको दाम, ह्वाम ह्वाम
मह खानेलाई चोख्याउने
हात चाट्नेलाई उभ्याउने
खाने हराभरा
चाट्ने ठिँगुरामा
मेलको कुरा मिले तामेली
नत्र झमेली
कमिसनको मिसन राजनीति
तर्क, वितर्क
अनुमानित तर्क
जोगिन जोगाउन सतर्क
आधार, बिनाधार आधार
विशुद्धाचारी अख्तियार
तानाबाना, दाना, ठकाना
शासकको उब्जनीको आकार
फलीभूत साकार
यारको पनि यार
प्यारको पनि प्यार
गौँथलीको गीतजस्तो
अख्तियार!
धन्य अख्तियार !!