देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनेसासले गर्‍यो गोवर्द्धन पूजासँग साक्षात्कार 

देशान्तर

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज–नेपाल च्याटरको आयोजनामा अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजासँगको साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्व र त्रिभुवन विश्वविद्यालय नेपाली विभाग प्रमुख तथा वरिष्ठ समालोचक खगेन्द्रप्रसाद लुइँटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा

केन्द्रीय अध्यक्ष पूजाले नेपाल च्याप्टरप्रति आभार प्रकट गर्दै  विश्वभर रहेका २५०० सङ्गठित सदस्यहरूमध्ये ४०० को हाराहारीमा सदस्य भएको नेपाल च्याप्टर अनेसासको साझा घर भएको बताए । अनेसास विशेष गरी परदेशमा छरिएर रहेका साहित्यकार र साहित्य प्रेमीहरु मिलेर नेपाली भाषा र साहित्यका लागि केही गरौँ भन्ने उद्देश्यका साथ खोलिएको भएता पनि नेपाल च्याप्टरले सबै च्याप्टरहरूको सम्पर्क कार्यालयको रूपमा भूमिका खेलेको उनको भनाई थियो । 

कार्यक्रमका प्रमुख अतिथि डा. लुइँटेलले अब अनेसासले सङ्ख्यात्मक भन्दा गुणात्मक कार्यक्रममा जोड दिनुपर्ने भन्दै विदेशमा गएर साहित्यको सेवा गर्नेहरूले अरूका कुरा काट्दै मट्याङ्ग्रा हान्नु भन्दा एक अर्काको काममा सहयोग र उचित सल्लाह दिन सिक्नुपर्ने सुझाव दिए । 

अनेसास केन्द्रका पूर्व अध्यक्ष राधेश्याम लेकाली, बाल गीतकार रामबाबु सुवेदी, अनेसास ट्रस्टी सदस्य तथा गीतकार अम्बिका गुरुङ, साहित्यकार किशोर पहाडी, समालोचक महेश पौडेल, साहित्य पोष्टका प्रधान सम्पादक अश्विनी कोइराला लगायतका व्यक्तित्वहरूको  उपस्थितिमा भएको कार्यक्रममा अनेसासका केन्द्रीय सदस्य प्रमोद सारङ्गको हाइकु सङ्ग्रह असर्फीको विमोचन पनि गरिएको थियो । अनेसास कविता महोत्सव २०२३ मा तृतीय स्थान प्राप्त गर्नुभएका सुन्दर श्रीषलाई अमेरिकन डलर  २०० प्रदान गरी पुरस्कृत गरिएको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष पूजा सहित साहित्यकार विधान आचार्य र समालोचक प्रभा बराललाई सम्मान गरिएको थियो भने  संस्थाका आजीवन सदस्यलाई प्रमाण पत्र र परिचय पत्र  प्रदान गरिएको थियो । 

च्याप्टरका वरिष्ठ उपाध्यक्ष मञ्जिला शर्मा (अनिल) ले सञ्चालन गरेको कार्यक्रममा च्याप्टरका उपाध्यक्ष निर्मल रमण पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने  केन्द्रीय महिला संयोजक तथा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, उपाध्यक्ष डा. रेणुका सोलु, र महासचिव विमला निरौलाले पनि आफ्ना विचार राखेका थिए ।