देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली नागरिक लिनका लागि नेपाल एयरलाइन्सको जहाज इजरायल जाने

देशान्तर

काठमाडौं । इजरायलमा रहेका नेपाल फर्कन चाहेका नेपाली नागरिक लिनका लागि नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ ।

आज राती ११ बजे दुबई हुँदै इजरायल जाने जहाज तयारी अवस्थामा राखिएको परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ । उता सरकारले उद्धारमा ढिलाई गरेपछि इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुले आक्रोश पोखेका छन् । सरकारले आफूहरुको सुरक्षालाई भन्दा पनि बढी प्राथमिकता पैसालाई दिएको आरोप उनीहरुको छ ।
अहिले जिमान फार्ममा ९० जनाभन्दा बढी नेपालीहरु रहेका छन् । द्वन्द्वग्रस्त क्षेत्रको बंकरभित्र रहेका उनीहरुलाई इजरायली सेनाले मंगलबार र बुधबार उक्त स्थानमा सारेको हो
सरकारले उद्धारमा ढिलाई गर्दा त्यहाँ रहेका विद्यार्थीहरुमा मानसिक समस्या देखिन थालेको छ ।
इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।