देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हमासले इजरायलमा गरेको आक्रमणको कांग्रेसद्वारा भर्त्सना

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले इजरायलमा गरेको आक्रमणको भर्त्सना गरेको छ ।
कांग्रेसले इजरायलमा आतंकबादी आक्रमणमा परेर घाइते भएकाहरुको सरकारी खर्चमा उपचार गर्न सुझाव दिदै मृतकको शव यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन सरकार संग माग गरेको छ ।
सम्पर्कविहीन भएकाको तत्काल खोजी गरी उद्धार गर्न समेत कांग्रेस संसदीय दलको बैठकले माग गरेको छ । स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउन , जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गर्न र सुरक्षित स्थानमा राखेर आवास र भोजनको व्यवस्था गर्न पनि माग गरेको छ ।