देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मंगलवार राष्ट्रिय शोकको घोषणा : मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत

देशान्तर

काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका १० जनाको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकल बैठकले मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको हो ।
सरकारले मंगलवार राष्ट्रिय शोकको घोषणा पनि गरेको छ ।

र्बैठकले मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले इजरायलमा रहेका नेपाली स्वदेश फर्किन चाहेमा ल्याउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ । घटनामा केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।