देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त

देशान्तर


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।
उनले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूित प्रकट गरेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । त्यसैगरी राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।