देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिल्ला अदालत काठमाडौंबाट पारिवारिक इजलास सुरु

देशान्तर

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट पारिवारिक इजलास सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौं जिल्ला अदालत पुगेर आज पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् ।
प्रधानन्याधीश श्रेष्ठले पारिवारिक इजलासले महिलाहरुको लागि केही न केही राहत दिने भन्दै छिटो छरितो र विश्वास गर्न सकिने न्याय दिन सक्ने विश्वास व्यक्त गर्दै यो सफल भए अन्य मुद्दा पनि थप्न सक्ने बताए । पारिवारिक इजलासले महिलावादी अंश, नाता, घरेलु हिंसा, बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी मुद्दाको छिटो न्याय निरूपण गर्न सहज हुने उनले विश्वास व्यक्त गरे ।
अभ्यासका क्रममा पारिवारिक मुद्दाको समूह बनाएर पेसी तोकिने छ भने अनुसार त्यसरी समूहमा पर्ने मुद्दामा गोला प्रणालीबाटै न्यायाधीश तोकिने छन् । उनले पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरूले पनि यसको उद्देश्यलाई बुझेर न्याय निरूपण गर्नुपर्नेमा जोड दिए ।