देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत

देशान्तर

 काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । आइतबार बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ ।विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री राईले संविधान अनुसार विधेयक ल्याइएको बताए ।

संविधान अनुसार आधारभुत शिक्षा र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकार सूची रहेको छ । मन्त्री राईले तीन तहको साझा अधिकार सूचीमा समेत शिक्षा रहेको उल्लेख गर्दै संघीय सरकार र प्रदेश सरकारको समेत सहभागिता हुने गरी स्थानीय तहलाई नै आधारभुत र माध्यमिक तहसम्म शिक्षलाई छाड्ने सोच रहेको बताए ।

मन्त्री राईले विद्यालय शिक्षा विधेयक दर्ता भएपछि भएको शिक्षकहरुको आन्दोलन र त्यसक्रममा भएको सहमति समेत संसदमा प्रस्तुत गरेका छन् । संसदमा विधेयक दर्ता भएपछि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरेका थिए । आन्दोलन फिर्ता गराउन सरकारले शिक्षकहरूसँग ६ बुँदे सम्झौता गरेको छ ।