देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी :अग्रवाललाई चार दिन हिरासतमा राख्न अनुमति

देशान्तर

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।आफूहरुको मञ्जुरीबिना चलचित्रलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएको ठगी तथा आपराधिक विश्वासघातको जाहेरीका आधारमा थापा र श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जाहेरीमा ओएसआर डिजिटलका सञ्चाल ओमप्रकाश अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठलाई विपक्षी बनाइएको छ । अग्रवाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आइतबार अनुमति दिएको छ ।