देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हिमपहिरोमा दुईजनाको मृत्यु :किम्रोङखोला पहिरोले थुनियो

देशान्तर

काठमाडौं । तिब्बतस्थित शिशापाङ हिमालमा हिमपहिरोमा परेर दुईजनाको मृत्यु भएको छ ।
शनिबार गएको हिमपहिरोमा परी अमेरिकी आरोही अन्ना गुटु र उनका गाइड मिङमार शेर्पाको मृत्यु भएको जनाइउको छ ।
हिमपहिरोमा परी अमेरिकी आरोही जिना मारिया र नेपाली तेन्जिङ शेर्पा बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको छ ।

हिमपहिरोमा परी आरोही कामिरिता शेर्पा, कर्मा ग्याल्जेन शेर्पा र मित्रबहादुर तामाङ घाइते भएका छन् । उता अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको छ ।
नदीको तटीय क्षेत्रमा बसोबास गरेकाहरुलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ।