देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायल आक्रमणबारे परराष्ट्रमन्त्री साउदद्वारा संसदलाई जानकारी

देशान्तर

काठमाडौं । प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुनसक्ने सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार १२ जना नेपाली विद्यार्थी सम्पर्कमा छैनन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर परराष्ट्रमन्त्री साउदले इजरायलको घटनाबारे संसदलाई जानकारी गराएका हुन् । इजरायलमा भएको यो दशकौको ठूलो आक्रमण भउको परराष्ट्रमन्त्रीले जानकारी गराएका छन् । सरकारले एक समन्वय संयन्त्र बनाएको पनि परराष्ट्रमन्त्रीले सदनलाई जानकारी गराएका छन् । इजरायली अधिकारीहरुका अनुसार अहिलेसम्म आक्रमणमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ ।इजरायलको द्वन्द्व प्रभावित क्षेत्र सेदोत नेगेभमा ४९ नेपाली विद्यार्थी रहेका छन् ।

यस अघिपरराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका थिए । आइतबार मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका हुन् ।
राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाएका थिए।
यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको शनिबार बिहानदेखि जारी लडाइँका कारण इजरायलमा रहेका नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे गम्भीर चासो लिएका छन्।

उनले आइतवार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका थिए । गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उनले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् ।