देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वास्तविक लेखकलाई प्रोत्साहन गर्नुपर्छ : कुलपति राई

देशान्तर


काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले वास्तविक लेखकहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएका छन् ।
गोमा पराजुलीद्धारा लिखित आत्मसंस्मरण भीरको बाटो सार्वजनिक कार्यक्रममा बोल्दै कुलपति राइले लेखन विधा र क्षेत्र धेरै परिष्कृत भईसकेको अवस्थामा वास्तविक लेखकलाई प्रोत्साहन गर्नसके समाजको वास्तविक चित्र र चरित्र बाहिर ल्याउन सकिने बताए ।
प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा कुलपति राईले भीरको बाटो पुस्तक पराजुलीको जीवनमा आधारीत रहे पनि यसले समकालिन नेपाली समाजको वास्तविक चित्र र चरित्रमा मात्र नभई अहिले पनि यस्ता धेरै घट्नाहरु समाजमा व्यप्त रहेको दावी गरे । नयाँ लेखक र समाजका वास्तविक कुराहरुलाई उजागर गर्नेहरुलाई प्रज्ञा पतिष्ठानले सदैव खुल्ला ह्ृदयका साथ स्वागत गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
यसैगरी कार्यक्रममा पूर्व सचिव तथा सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले पुस्तकले नेपाली समाजको जीवन्त तश्विरलाई उतारेको बताए । सञ्चारीका समुह नेपालकी अध्यक्ष िवमला तुम्खेवाले लेखकले ले भोगेको जीवन भोग्ने महिलाहरु अहिले पनि समाजमा रहेको बताइन् । उनले महिलाहरुको जीवन असहज अवस्थामा अगाडि बढिरहेको स्मरण गराउँदै समयसंगै मानिसहरुको सोच अझै परिवर्तन गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिइन् । भीरको बाटो पुस्तककी लेखक पराजुलीले आफु ५० वर्षको भएपछि कक्षा १ मा भर्ना भई कक्षा७ सम्म अध्ययन गरी आफै आफ्नो जीवनको संघर्षको कथा सार्वजनिक गरेकी हुन् । उनले आफ्नो माईतिघरमा रहँदाको छोरीलाई गरिने व्यवहार, पठन पाठनमा हुने विभेदका बारेमा लेखेकी छन् ।