देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएको उम्मेदवार टुंगिएको छैन : डा. पौडेल

देशान्तर

एनआरएनएका महासचिव डा. केशव पौडेलले आफूहरुको समूहले उम्मेदवार टुंगो नलगाएको बताएका छन् ।

केही सञ्चारमाध्यममा प्रजातान्त्रिक समूहबाट महेश श्रेष्ठलाई उम्मेदवार बनाउने अन्य पदबाँडफाँडको जिम्मा पौडेललाई दिइएको समाचार सार्वजनिक भएपछि श्रेष्ठ र पौडेल दुवैले सहमतिको प्रयास भइरहेको बताउँदै अहिले नै टुंगोमा नपुगेको बताए ।
महासचिव पौडेलले अहिले केही सञ्चारमाध्यमहरुले प्रजातान्त्रिक शक्तिलाई फुटाउनका लागि यो हतकण्डा अपनाएको पनि बताए ।

पौडेल र श्रेष्ठ एनआरएनएको ११ औं विश्वसम्मेलन तथा महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवार बन्ने तयारीमा रहेका छन् ।