देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले छैटौं विकेट लियो

देशान्तर

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा नेपाल छैटौं विकेट लिएको छ ।

नेपालका ललितनारायण राजवंशीले ओपनर सुशान्त मोदनीलाई आउट गराएका हुन् । अमेरिकाविरुद्धको जारी खेलमा नेपालले २८ ओभरको समाप्तीमा ९४ रन खर्चिएर ६ विकेट लिईसकेको छ । यस अघि नेपालका बलर दीपेन्द्र सिंह ऐरीले गजानन्द सिंहलाई आउट गराएका थिए ।

नेपालका लागि तीव्र गतिका बलर करण केसीले ४ विकेट लिएका छन् । केसीले दोस्रो ओभरको पाँचौ र छैटौं बलमा विकेट लिएका थिए ।

करण सात दशमलब ५ ओभर तथा ९ दशमलब २ ओभरमा अर्को विकेट लिए । केसीले पहिलो विकेटका रुपमा ४ रन बनाएर खेलिरहेका स्टेभन टेलरलाई एलबिडब्लुको धरापमा पारेका थिए । टेलर आउट भएलगत्तै क्रिजमा आएका साईतेजा मुकामल्ललाई स्लिपमा रहेका आरिफको हातबाट क्याच आउट गराए ।

तेस्रो विकेटका रुपमा आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । चौथो विकेटका रुपमा नोस्तुषा केन्जिगेलाई १ रनमा आउट गराए । अमेरिकाका लागि अहिले क्रिजमा शहान जागिंर र निशर्ग पटेल रहेका छन् । जागिंर १५ तथा पटेल शुन्य रनमा क्रिजमा रहेका छन् ।

टस जितेर नेपालले बलिङ गरिरहेको हो । नेपालले बलिङ रोजेपछि अमेरिका पहिले ब्याटिङ गरिरहेको छ ।