देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घरेलु टोली जिम्बावेविरुद्ध नेपालका ओपनर आसिफ शेखको अर्धशतक पूरा

देशान्तर

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।
टेस्ट मान्यता प्राप्त टोलीसँगको पहिलो खेलमा शेखले दोस्रो अर्धशतक पूरा गरेका हुन् । आसिफले ८३ बलमा ५ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । ओडिआई क्रिकेटमा नेपालको तर्फबाट आसिफको यो नवौं अर्धशतक हो । आसिफको नाममा एक शतक समेत रहेको छ । नेपालले अहिले २९ ओभरमा कुनै विकेट नगुमाई १ सय ५६ रन बनाएको छ । क्रिजमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख अविजित रुपमा रहेका छन् ।