देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु,केहि नेपाली समेत रहेको अनुमान

देशान्तर

भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । आडिशाका मुख्यसचिव प्रदीप जेनाका अनुसार दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । मृत्युहुने हरुमा केहि नेपाली समेत रहेको अनुमान गरिएको छ ।

दुर्घटना हिजो साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएकोे छ । भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । मन्त्री वैष्णवले ट्वीटरमा ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले सरकारका तर्फबाट मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् ।

उनले उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि घोषणा गरेका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।

यसैविच भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएपछि भारत भ्रमणमै रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहालले समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री दाहाले सामाजिक सञ्जालमार्फत नरेन्द्र मोदीलाई सम्बोधन गर्दै मृतकप्रति हार्दिक श्रदान्जली तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्नु भएको हो । उत्ता दुर्घटनामा रोजगारि तथा अन्य कामको शिलसिलामा रहेका केहि नेपालीहरु समेत रहेको अुनमान गरिएको छ।

प्रधानमन्त्री दाहालले लेख्नु भएको छ, ‘भारतको ओडिशामा भएको रेल दुर्घटनामा दर्जनौंको ज्यान गएकोमा म दुःखी छु । यस दुःखको घडीमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदी जी, सरकार र शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु’ । उहाँले समवेदना प्रकट गर्दै भारतको ओडिशामा रेल दुर्घटनामा दर्जनौंको ज्यान गएकोमा दुख व्यक्त गर्नु भएको छ ।