देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२०८४ सालको निर्वाचनमा कांग्रेस एक्लै लड्छः गगन थापा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी एक्लै आगामी आमनिर्वाचनमा लड्ने बताउनुभएको छ ।

शनिबार कांग्रेस क्षेत्रीय समितिले बुटवलको भैरहवामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुद बनाउनुपर्छ र २०८४ सालमा जति वटा मोर्चा बने पनि कांग्रेस एक्लै निर्वाचनमा लड्नुपर्ने उहाँको भनाइ थियो । ८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी आगामी निर्वाचनमा अन्य पार्टीलाई मत दिन नपरोस् भन्ने गरी अघि बढ्नुपर्ने उहाँको तर्क थियो ।

तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको बताउँदै केही दिनभित्रमा मन्त्रीमण्डलले पूर्णता पाउने पनि महामन्त्री थापाले बताउनुभयो ।