देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टीसँग छलफल नै भएको छैनः नेता केसी

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले नेपाली कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने विषय टुङ्गो नलागेको बताउनुभएको छ ।

आज नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले यस्तो बताउनुभएको हो ।

सो कार्यक्रममा बोल्दै नेता केसीले कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा पार्टी भित्र छलफलै नभएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत प्राप्त गरेपछि को कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय हुने बताउनुभयो । गठबन्धन सरकारमा जाँदा पनि साझा प्रतिवद्धताहरु ल्याउनुपर्ने पनि बताउनुभएको छ ।

मुलुकमा गरिबी, बेरोजगारी, दण्डहीनता, भ्रष्ट्राचारको समस्या, अहिले मुख्य लडाई भएको बताउनुभयो । त्यस विरुद्ध लड्न सबैले साथ दिन आग्रह पनि गर्नुभयो ।

यसैगरी पछिल्लो समय देखिएको बैङ्किङ ब्याजदर, लघुवित्त समस्या समाधानमा सरकारको ध्यान जानु पर्ने पनि उहाँले बताृनुभयो ।
देशमा आर्थिक अवस्था निकै कमजोर भएकोले चालु खर्च घटाउन सबैको ध्यान जानुपर्ने बताउनुभएको छ ।