देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शुक्रवारदेखि ‘द भ्वाइस किड्स सिजन २’

देशान्तर

काठमाडौं– टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रसारण शुक्रवार बाट शुरु हुने भएको छ । बिहीवार काठमाडौँमा भ्वाइस किड्सको प्रिमियर शो गर्दै यसबारे जानकारी गराइएको हो । ६ देखि १४ वर्षसम्मका बालबालिका सहभागी रहने शो प्रशारणको पूर्वसन्ध्यामा बिहीवार बेलुका पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको थियो ।

प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रस्तोता सुशील नेपाल उपस्थित थिए । डिजिटल अडिसनमा सहभागी प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रतियोगीले पहिलो एपिसोडमा कोचको सामना गरेका थिए ।

शुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ । ग्राण्ड प्रिमियर शोपछि सञ्चारकर्मीसँग कुरा गर्दै गायक प्रमोद खरेलले गिलो माटोलाई आकार दिन सकेझैँ साना बालबालिकालाई गायन क्षेत्रमा अब्बल बनाउन यो शो महत्त्वपूर्ण रहेको बताए ।

उनले बालबालिकाले सबै जनेराको गीत गाउने गरेको भन्दै बालबालिकामा सबै गर्नसक्ने प्रतिभा रहेको बताए। उनले आफ्नो समूहले जित्नेभन्दा पनि राम्रो प्रतिभा ल्याउनुपर्छ भन्ने धारणा रहेको बताए ।

द भ्वाइस किड्स सिजन २ हरेक शुक्रवार र शनिवार राति ८ बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ ।