देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुवन केसी फेरि विवादमा दुबईमा सकाए सरकारी ३० लाख


भुवन केसी र विवाद एकअर्काका पर्यायवाची जस्तै मानिन्छ । भुवन केसी आफ्नो कलाकारिताको अनेकौ पटक विवादमा मुछिएका छन् । पछिल्लो पटक दुबईमा भएको कार्यक्रममा पनि उनि विवाद मुक्त हुन सकेनन् ।
चार दिनसम्म चल्ने फेस्टाको घोषणासँगै लागि चलचित्र विकास बोर्डले सूर्य कर्पोरेसनलाई ३० लाखमा जिम्मा दिएपछि अधिकांश कलाकारहरूले फेस्टाको विरोध सुरु गरेका थिए ।

अनुमति नै नलिई फिल्म प्रदर्शन गर्न खोज्दा महापुरुष टिमले सार्वजनिक रूपमा आपत्ति जनायो भने वरिष्ठ कलाकार नीर शाह र कलाकार विजय लामाले अनुमति नै नलिई कार्यक्रमको पोस्टरमा तस्बिर राखेको भन्दै आपत्ति जनाए ।
सरकारी रकममा छोरा तथा कलाकार अनमोल केसी अनि आफूसँग लिभिङ टुगेदरमा बसेकी जिया केसीलाई लिएर दुबई पुगेका भुवनले डेजर्ट सफारीमा खिचेका फोटोका बारेमा त टिकटकदेखि अन्य सामाजिक सञ्जालमा त झनै आलोचना भयो । सामाजिक सञ्जाल फेस्टाको बहानामा दुबई पुगेका परिवारको तस्बिरले भरिएको थियो ।

जापानमा सांगीतिक र चलचित्र अवार्डसम्बन्धी कार्यक्रम गर्दै आएको सूर्य कर्पोरेसन अवैध रूपमा मानव ओसारपसारमा संलग्न रहेको खुलेपछि नेपाली चलचित्रको विदेशमा प्रवद्र्धन गर्न उसैलाई जिम्मा दिने बोर्डको सम्झौतापछि कलाकारहरू विभाजित भएका हुन् ।

दुबईमा कार्यक्रम गरेर नेपाली फिल्मको बजार खोज्ने र त्यहाँका फिल्म निर्माणमा संलग्नहरूसँग अन्तत्र्रिmया गरेर नेपालमा फिल्म सुटिङमा आउन प्रोत्साहित गर्ने दाबी गरिएको थियो । महोत्सव सकिएपछि यसको औचित्यबारे चलचित्र कलाकार संघले प्रश्न उठाएको छ । संघका महासचिव चेतबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा बोर्डका पदाधिकारी, कर्मचारी, गैरकलाकार र परिवारलाई टोलीमा समावेश गरिएको बारेमा समेत प्रश्न सोधेको छ ।
संघले प्रदर्शन गर्ने चलचित्रको सहभागिताको लागि सार्वजनिक सूचना जारी गरी सहभागिता जनाउन के कस्तो प्रक्रिया अपनाइएको ? बोलपत्र आह्वान गरेर निजी कम्पनीसँग सहकार्य गरिएको हो वा होइन ? भन्दै बोर्ड नेतृत्वसँग प्रश्न सोधेको छ ।

कलाकार संघले विकास बोर्डलाई ध्यानाकर्षण गराउँदै उठाएका ८ प्रश्नहरू

१) प्रदर्शन गर्ने चलचित्रको सहभागिताको लागि सार्वजनिक सूचना जारी गरी सहभागिता जनाउन के कस्तो प्रक्रिया अपनाइएको थियो वा थिएन ?

२) सूचना जारी बोलपत्रको आह्वान गरेर निजी कम्पनीसँग सहकार्य गरिएको हो वा होइन ?

३) वार्डका पदाधिकारी, कर्मचारी, गैरकलाकार र परिवारलाई टोलीमा समाविष्ट गरिएको हो वा होइन ?

४) सरकार आयोजक भएको कार्यक्रममा निजी अवार्डको घोषणा भएको हो वा होइन ?

५) संघ, संस्था तथा चलचित्र क्षेत्रको विशिष्ट व्यक्तिलाई बेवास्ता गरिनु सहभागी नगराइनु ।

६) आयोजना अगाडि वार्डका सल्लाहकारहरूले राजीनामा गरिनु ।

७) प्रचार गरिएका चलचित्र सहभागी नहुनु ।

८) सरकारी आयोजनाको कार्यक्रममा चलचित्रको टिकट बिक्री वितरण गरिनु ।

दुबईको होटेल होलिडे इन्मा भएको कार्यक्रममा कलाकार उपासनासिंह ठकुरी, ऋचा शर्मा, शिव श्रेष्ठ, बोर्ड सदस्य राज कटुवाल, प्रशान्त ताम्राकार, निर्देशक रामबाबु गुरुङ, अर्जुन कुमार निर्देशक भूषण दाहालसँगै कार्यक्रम सञ्चालक प्रकाश सुवेदी श्रीमतीसहित सहभागी थिए । त्यसैगरी हास्य कलाकार सन्दीप क्षेत्री हल सञ्चालक नकिम उद्दिन, निर्माता रामकृष्ण पोखरेल, वितरक तथा निर्माता गोविन्द शाही, पनि सहभागी थिए । कार्यक्रममा सहभागी बोर्डका दुई कर्मचारीले बोकेको अमेरिकी डलर नक्कली भेटिएपछि त उनीहरू केही समय प्रहरीको नियन्त्रणमा समेत परेका थिए ।

फेस्टाले नेपाली चलचित्र उद्योगलाई के दियो भुवन केसीले जवाफ देलान् । तर समग्रमा केसीले मानव तस्करीमा जोडिएको निजी कम्पनीसँग मिलेर ३० लाखको पारिवारिक घुमघाम र वनभोज गरेर सकाए । विवादलाई बढाए भन्नेहरू धेरै छन् ।