देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विन्दवासिनी म्युजिकका सञ्चालक रेग्मी विमानस्थलबाट पक्राउ

देशान्तर

विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

उनी थाइल्याण्डबाट स्वदेश फर्किदै थिए । साइबर व्युरोका प्रवक्ता पशुपति कुमार रायले रेग्मीलाई पक्राउ गरिएको जानकारी दिए । रायका अनुसार उनीविरूद्ध साइवर व्युरोमा उजुरी परेपछि अनुसन्धान गर्न पक्राउ गरिएको हो ।

उनीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएका छन् ।

सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने, अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ ।