देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रिमण्डल गठन

देउवा भौतिक पूर्वाधार र शाही आर्थिक मामिलामन्त्री नियुक्त

देशान्तर

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्री मण्डल गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।

तीनै जनाले शुक्रबार प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।