देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरु

मुख्यमन्त्रीले विश्वासको मत माग्ने

देशान्तर

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची छ ।

तर मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो । सरकार जोगाउन आजको बैठकमा मुख्‍यमन्त्री रावलले  विश्वासको मत लिनैपर्ने  अवस्था छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ । तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनी एकमहिनाअघि अन्य दलहरूको समर्थनमा मुख्‍यमन्त्रीमा नियुक्त भएका थिए । मुख्‍यमन्त्री नियुक्त भएको एकमहिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ।