देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी

देशान्तर

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ । प्रदेशसभाका बहुमत सांसदहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन् । तर सत्ता गठबन्धन र कांग्रेस दुवैले बहुमत पु¥याउन नसकेर सरकार गठन हुन सकेको छैन । प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा छ ।

सो पार्टीका सांसदहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गर्दै त्यसकालागि छलफल थाल्ने बताएका छन् । सांसद लक्ष्मणकिशोर चौधरीले संसदीय दलमा बहुमत सदस्यहरूले आफूलाई मुख्यमन्त्रीकारुपमा अघि सारेर सरकार गठनको पहल गर्ने निर्णय भएको बताए ।

प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद थिए । यसअघि पार्टीले सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएको छ भने अब ६ जना सांसद छन् । चौधरीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्दै चार सांसदले हस्ताक्षर गरिसकेका छन् ।

पार्टी अध्यक्ष रञ्जिता चौधरी र संरक्षक रेशमलाल चौधरीबीचको द्धन्द्धका कारण सुदुरपश्चिममा नागरिक उन्मुक्तिले राजनीतिक निर्णय लिन सकिरहेको छैन । अध्यक्ष श्रेष्ठ वर्तमान सत्ता गठबन्धनमै सामेल भएर अघि बढ्नु पर्ने पक्षमा छिन् भने रेशमले कांग्रेससँग मिलेर अघि बढ्ने नीति लिएका थिए ।

अहिलेकै अवस्थामा सुदूरपश्चिममा नागरिक उन्मुक्ति बिना सरकार बन्न बहुमत पुग्दैन । यस्तोमा मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी निकै बलियो देखिएको छ ।