देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हरायो

देशान्तर

काठमाडौँ – आईसीसी टी–२० विश्व कप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई हराएको छ ।
एडिलेडमा शुक्रवार भएको खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हरायो ।

न्युजिल्यान्डले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो । उसका लागि पउल स्टर्लिङले ३७ र एन्ड्रियु बलबिर्नेले ३० रन बनाए । बलिङतर्फ लकी फर्गुसनले तीन तथा टिम साउथी, मिचेल स्यान्टनर र इश सोधीले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८५ रन बनायो । उसका लागि केन विलियमसनले ६१, फिन एलेनले ३२ र ड्यारी मिचेलले नटआउट ३१ रन बनाए ।

यो जितसँगै न्युजिल्यान्ड पाँच खेलमा सात अङ्कसहित समूह-१ को तालिकाको शीर्ष स्थानमा छ । आयरल्यान्ड भने तीन अङ्कसहित पाँचौँ स्थानमा छ ।