काठमाडौं– सान ईन्टरनेशनल कलेजले आफ्नो स्थापना दिवसको २५ औं वार्षिकोत्सव भव्य र सभ्य रुपमा मनाएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा भएको वार्षिक उत्सव कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, स्कुल, क्याम्पसका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई नगरप्रमुख घनश्याम गिरी, चन्द्रागिरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुजनराज खनाल लगायतले गर्नुभएको थियो । नगरप्रमुख गिरीले सान कलेज चन्द्रागिरि नगर क्षेत्रमा स्थानान्तरण भएसँगै नगरको शिक्षा क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो । नगरपालिकालाई शैक्षिक हबका रुपमा विकास गर्न निजी तथा संस्थागत शैक्षिक संस्थाको अतुलनीय योगदान रहेको बताउँदै प्रमुख गिरीले सान कलेजमा प्राविधिक धारका विषय अध्ययन अध्यापन हुनु नगरका लागि मात्र नभइ देशकै लागि गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा क्याम्पसका कार्यकारी निर्देशक कर्ण बहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए भने दुर्गा तामाङ, अनुष्का चौधरी, एञ्जेल गमालले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बायोटेक, बीबीएका विद्यार्थीहरोइलाई विदाई तथा कक्षा ११, बीबीए, ल, सीएसआईटी, एमबीएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको थियो । त्यस्तै, क्याम्पसका विद्यार्थीहरूद्वारा गीत, कविता, विविध साँस्कृतिक नृत्य र नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पसका अध्यक्ष डा. सुवास घिमिरेले २५ औं वर्षको शैक्षिक यात्रामा सान ईन्टरनेशनल कलेजलाई विश्वास र साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो । अध्यक्ष घिमिरेले कलेजमा नयाँ कार्यक्रम लागु भएसँगै प्राविधिक शिक्षा प्राप्तिका लागि सान कलेज उत्कृष्ठ गन्तव्य भएको धारणा राख्नुभयो ।
सान इन्टरनेशनल कलेज चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ स्थित आफ्नै भवनमा सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया