देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल क्रिकेट संघको सन् २०२५ का निम्ति वार्षिक क्यालेन्डर सार्वजनिक

देशान्तर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का निम्ति वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो । यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुने क्यान सचिव पारस खड्काले बताए । नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग–२ खेल्नेछ ।

यस्तै, ट्वान्टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले जानकारी दिए । आउँदो अक्टोबरमा नेपालले ओमानमा विश्वकप छनोट खेल्नेछ । नोभेम्बरमा यूएईमा विश्वकप लिग–२ खेल्नेछ । महिला क्रिकेट टोलीले अप्रिलमा भुटानसँग ट्वान्टी–२० सिरिज खेल्ने क्यान सचिव खड्काले बताए ।
यसैगरी, घरेलुतर्फ नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो संस्करण नोभेम्बरमा हुनेछ । प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने क्यानले जनाएको छ ।