देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बारमा सरकारी गठबन्धन

देशान्तर

काठमाडौं । आगामी २३ चैतमा हुने कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेनिकट कानुन व्यवसायीहरूको शुभेच्छुक संस्था डीएलए र पीपीएलएले बीच गठबन्धन भएपछि अध्य
क्षका प्रत्यासी डीएलएका विजयप्रसाद मिश्रको पल्ला भारी भएको स्वयं कानुन व्यवसायीहरूले देशान्तरलाई बताएका छन् ।
नेपाल बारमा कांग्रेस एक्लै र अन्य वामहरू मिल्दा बराबरी शक्ति रहँदै आएकोमा पीपीएलएसँग सत्तापक्षीय गठबन्धन बनेपछि यो गठबन्धनका उमेदवारको पल्ला भारी भएको कानुन व्यवसायीहरूले बताएका छन् ।


२७औँ केन्द्रीय कार्यसमितिका २५ पदका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट अध्यक्षमा डीएलएका मिश्र र पीपीएलएका केदार कोइरालाले महासचिवको पदमा उम्मेदवारी दिएका छन् । अन्य पदमा सहमतीमा बरावरी संख्यामा उमेदवारी परेको डीएलएका एक सदस्यले जनाकारी दिएका छन् । मिश्र नेपाल वारका अघिल्लोपटकका महासचिव हुन् भने कोइरालाले यसअघिको महाधिवेशनमा महासचिव नै प्रतिस्पर्धा गरेर पराजित भएका थिए । यता सत्ता गठबन्धनका उमेदवारबिरुद्ध विपक्ष दल निकटका कानुन व्यवसायीले छुट्टै प्यानल बनाएर माओवादीनिकट कानुन व्यवसायीहरूको संगठन गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन)का तर्फबाट रमणकुमार श्रेष्ठले अध्यक्ष पदमा र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट कानुन व्यवसायी संगठनका संयोजक कानुन व्यवसायी यज्ञमणि न्यौपानेले महासचिवको उम्मेदवारी दिएका छन् । श्रेष्ठ नेपाल बार एसोसिएसनका पूर्वमहासचिव र पूर्वमहान्यायाधिवक्ता समेत हुन् ।

विपक्षी दलनिकट कानुन व्यवसायीहरूको संगठनले अरू पदहरूमा एकीकृत समाजवादी, राप्रपानिकट कानुन व्यवसायीहरूले मिलेर उम्मेदवारी दिएका छन् । नेपाल बारको २७औँ महाधिवेशनमा ११ हजार सात सय जनाभन्दा बढी कानुन व्यवसायीहरू मतदाता रहेका छन् । नेपालमा अधिवक्ताको लाइसेन्स लिएका २१ हजार पाँचसय भन्दा बढी अधिवक्ताहरू भए पनि अद्यावधिक गरेका र पेसामा आबद्ध कानुन व्यवसायीहरूको नाम मतदाताको रूपमा सार्वजनिक गरिएको हो । देशभरका ३६ वटा मतदान केन्द्रमा चुनाव हुनेछ । सबैभन्दा बढी मतदाता काठमाडौं जिल्ला बारमा दुई हजार ६ सय ७९ जना छन् । उच्च अदालत पाटन बारमा दुई हजार पाँच सय ८ जना मतदाता छन् । यस्तै, झापा मतदान केन्द्रमा १६९, इलाम मतदान केन्द्रमा १०८, बिराटनगरमा, १६७, मोरङमा २८०, सुनसरी मतदान केन्द्रमा २६२, धनकुटामा १६३, राजबिराजमा ३०८, उदयपुरमा ६२, सिराहामा ६५, जनकपुरमा १७४, सर्लाहीमा ४१ , रौतहटमा ५५, बारामा ४०, पर्सामा १८१, हेटौडमा ८८, चितवन मतदानकेन्द्रमा २३८ मतदाता रहेका छन् ।


यसैगरी तनहुँ मतदान केन्द्रमा ७५ , स्याङ्जामा ५६, बाग्लुङमा ११२, पोखरामा ५२४, नवलपरासीमा ४०, बुटवलमा १५१, कपिलवस्तुमा ५२, रूपन्देहीमा १४९, पाल्पामा ८३, दाङ देउखुरीमा १३२, दाङ तुलसीपुरमा ९६, बाँकेको नेपालगन्जमा २८३, जुम्लमा ३८, बर्दियामा ८९, सुर्खेतमा ७५, धनगढीमा ११०, दिपायलमा ४५, महेन्द्रनगरमा ८७ र डडेलधुरा मतदानकेन्द्रमा ४६ जना मतदाता रहेका छन् ।