देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला टी–२० सिरिजमा आयोजकलाई हराउदै नेपालको पहिलो जित

देशान्तर

काठमाडौं । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा भैरहेको चार देशीय महिला टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।
नेपालले घरेलु टोलीमाथि एक विकेटको जित निकालेको हो । युगान्डाले दिएको ७७ रनको लक्ष्य नेपालले एक बल अगावै पूरा ग¥यो । नेपालका लागि साना प्रवीणले सर्वाधिक १७ रन बनाइन् ।

सम्झना खड्काले ८, पूजा महतोले १६, कप्तान इन्दु बर्माले ६, कविता जोशीले ०, रुविना क्षेत्रीले १०, विन्दु रावलले २, रोमा थापाले १, इश्वरी विष्टले ३, रचना चौधरीले ० र रिया शर्माले ४ रनको योगदान दिए । युगान्डाका जेनेट म्बाबाजीले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७६ रन बनाएको थियो । पहिलो खेलमा नेपालले नामिबियासँग ६ विकेटले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल सोमबार हङकङसँग खेल्नेछ ।