देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो चौबीस घण्टामा १ हजार ९० जनामा काेराेना संक्रमण पुष्टि, २ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ९० जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

२ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको नियमित बुलेटिनमार्फत जनाइएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४३८ कोरोना संक्रमित निको भएका छन् । देशभर ५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।