देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा नेपाल थप ९ सय ३४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा नौ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, भने एक जनाको मृत्यु भएकने छ ।

पीसीआर र एन्टिजेन गरी पाँच हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा नौ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा पाँच हजार ६ सय ८६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा ३२ हजार पाँच सय २४ जनाले कोरोनाविरुद्धको खोप लगाएकाे मन्त्रालयले जनाएको छ ।