देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन महानगरको निर्देशन

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले नर्भिकले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यद्वारा हस्ताक्षरित सूचनाअनुसार मेयर शाहको निर्देशनअनुसार नै घर-टहरा हटाउन भनिएको हो । सूचनामा २४ घण्टाभित्र घर-टहरा नहटाए नियमअनुसार कारबाही गरिने पनि उल्लेख छ ।