देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुरको दुई पालिकामा डेंगु संक्रमित भेटिए

देशान्तर

काठमाडौं- ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेंगु संक्रमित भेटिएका छन् । महानगरको वडा नं ५र १४ तथा महालक्ष्मीका केही वडामा उक्त संक्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले बताए ।

उनले भने, ‘हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर-घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौँ ।’ हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेंगुको संक्रमण भेटिएको उनले जानकारी दिए ।

उक्त रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्नुपर्ने देखिएको र घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पुर्‍याउन आवश्यक भएको कार्यालय प्रमुख डा . विष्टको भनाइ थियो । संक्रमित भएका स्थानमा सरसफाइका लागि उक्त कार्यालयका साथै जिल्ला प्रशासन तथा महानगपालिकाका स्वास्थ्य एवं सरसफाइकर्मी लागिपरेका छन् ।