देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा गत चौबीस घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्यु

देशान्तर

काठमाडौं – नेपालमा गत चौबीस घण्टामा ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार २१५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४०० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ८४० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ३ हजार ७१४ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २१८ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६८ हजार ८०२ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ४ प्रतिशत छ । त्यस्तै, कोरोना लागेर २ जनाको मृत्यु भएको छ ।