देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डोटीमा तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

देशान्तर

काठमाडौं – डोटीमा महिनैपिच्छे खानेतेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ ।

मूल्यवृद्धिसँगै उपभोक्ताले दैनिक आवश्यक पर्ने साग, तरकारीदेखि खानेतेलसमेत किन्न सकेका छैनन् ।यहाँका विपन्न परिवारलाई साँझ–बिहान खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको दिपायल पिपल्लाका सोनु कामीले बताए ।

उनले भने, “मूल्यवृद्धिका कारण दैनिक आवश्यक पर्ने तेल, तरकारी किन्न सक्ने अवस्था पनि भएन, हामी गरिखाने वर्ग मारमा प¥यौँ ।” सोनुका अनुसार डोटीका पसलहरूमा खानेतेल, साग र तरकारीको मूल्य महिनैपिच्छे वृद्धि हुँदै गइरहेको छ ।

दिपायल बजारमा प्रतिलिटर खानेतेलको मूल्य रु ३६० सम्म पर्ने गरेको उपभोक्ताको गुनासो छ । यसैगरी गेलभेँडाको मूल्य बढेर अहिले रु १६० पुगेको छ ।

आलु प्रतिकिलो रु १००, भिन्डी रु ७०, काउली रु ९०, रायोको साग मुठाको रु ५०, लौका र फर्सी एक किलोको रु ४० देखि ५० पुगेको स्थानीयवासी दीपकबहादुर साउदले बताए । उनका अनुसार तरकारी र तेलको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन् ।

तराईका जिल्लाबाट तरकारी तथा तेल आयात गरिने भएका कारण ती क्षेत्रमा मुल्यवृद्धि भएपछि यहाँ पनि मूल्यवृद्धि भएको दिपायल पिपल्लाकी तरकारी व्यवसायी बब्ली श्रीवास्तवले बताए ।

उनले भने, “तरकारी, खानेतेल सबै तराईबाट आउँछ, उता भाउ बढेका कारण यहाँ महँगो भएको हो, हामीले आफूखुसी मूल्य बढाएका छैनौँ ।”