देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धर्मश्रीलाई काठमाण्डौ महानगरको साथ

देशान्तर

खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाण्डौ महानगरपालिकाको मुख्य प्रायोजन गर्ने भएको छ ।

सोमबार पत्रकार सम्मेलनमा आयोजक नेपाल ब्यायाम मन्दिरले काठमाण्डौ महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो । यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस्तै २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए ।

१६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने छन् । खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधा तर्फ योनै सर्वाधिक पुरस्कार रासी रहेको प्रतियोगिता हो । यस अघिको संस्करणमा बिजेताको पुरस्कार रासी ५ लाख रहेको थियो ।

२०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ साल देखि धर्मश्री प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । पहिलो र दोश्रो संस्करणमा तौल समूहको मात्र प्रतियोगिता गर्दै आईरहेकोमा तेश्रो संस्करण २०५० सालबाट प्रत्येक तौल समूहका बिजयी खेलाडीहरुको अन्तिम प्रतिस्पर्धामा बिजयीलाई धर्मश्री बिजेताको रुपमा पुरस्कृत र सम्मान गर्ने परम्पराको थालनी भएको हो । २०५० सालमा पहिलो पटक रविन सन शाक्यले धर्मश्रीको उपाधी हात पारेको थिए ।

२०५३ मा सागर ताम्राकार, २०५४ मा लाल बहादुर गुरुङ्ग, २०५५ मा जीवन गिरी, २०५७ र २०५९ मा नरेश महर्जन, २०५८ मा हरिष श्रेष्ठ, २०५९ मा नरेश महर्जन, २०६२ र ६४ मा सानु गुरुङ्ग, २०६८ मा लोकेन्द्र परियार, २०७१ मा महेश्वर महर्जन, २०७३ मा अर्जुन वर्णवाल र २०७५ मा मिलन सिजापतीले धर्मश्रीको ताज पहिरी सकेका छन् ।

शारिरीक सुगठनको ईतिहासमानै अतिनै प्रतिष्ठित प्रतियोगिता रहेको धर्मश्रीमा १६ औं संस्करणमा नयाँ बिधालाई पनि थप गरिएको छ । जसमा महिला तथा पुरुष फिजिक्स बिधालाई थप गरिएको छ ।

२०७९ बैशाख २३ र २४ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक बिधामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुको विचमा अन्तिम प्रतिस्पर्धा गराई बिजयी हुनेलाई धर्मश्रीको उपाधी सहित सम्मान गरिने छ । प्रतियोगिातको विजेताले १० लाख, उपविजेताले पाँचलाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् ।

यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।