देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल विजयी

देशान्तर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विनवार्ड्स भोलक्यानोजविरुद्धको पहिलो अभ्यास खेल जितेको छ । गएराती सम्पन्न खेल नेपालले ४ विकेटले जितेको हो ।

विनवार्ड्सले दिएको १९७ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । 

नेपालका लागी ओपनर कुशल भुर्तेलले ४२ बलमा ७१ र दीपेन्द्र सिंह ऐरीले २५ बलमा अविजित ५२ रन बनाएका थिए । त्यस्तै सोमपाल कामी ३५ रनमा अविजित रहेका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको विनवार्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । 

विश्वकपको तयारीमा रहेको नेपालले विनवार्ड्स भोलक्यानोजसँग थप दुई अभ्यास खेल खेल्नेछ । नेपालले अब १६ मेमा दोस्रो र १८ मे मा तेस्रो अभ्यास खेल खेल्ने छ ।