देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना पुनः नियुक्त

देशान्तर

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त भएका छन् । बैंकको गत जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरि उनलाई थप दुई वर्षको लागि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव भएका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए। 

भारतबाट चार्टर्ड एकाउन्टेन्सी सीए र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तीय विष्लेषणमा स्नातकोत्तर को अध्ययन पूरा गरेका ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच र सन् २०१५ मा म्यानेजर अफ दि ईयर विधामा पुरस्कृत भएका थिए । कार्यकारी अधिकृत ढुङ्गाना नेपाल बैंकर्स एशोसिएसनको अध्यक्षमा पनि भइसकेका छन्  ।