देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले सदन अवरोधलाई जारी राख्ने

देशान्तर

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको छ । बिहीबार दिउँसो सत्ता पक्ष र कांग्रेसबिच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले संसद् अवरोधको अडान कायम राखेको हो ।
सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको छ ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सत्ता पक्षले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम नतोकेर संसदीय समिति गठन गर्नुपर्ने अडान लिएपछि सहमति हुन नसकेको हो ।
प्रतितिनिधिसभा बैठकअघि कांग्रेसका शीर्ष नेताबिच भएको छलफलमा संसद्को अवरोध जारी राख्ने निर्णय भएको छ ।