देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायत–नेपालको सम्बन्धमा नयाँ आयाम थपिन्छ : राजदूत आचार्य

देशान्तर

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पूर्व गोर्खाका समस्या समाधानका लागि प्रराम्भिक वार्ता सुरु भएको बताएका छन् ।
हालै राजदूतको पदभार ग्रहण गरेका आचार्य नेपाल सरकारका तर्फबाट बेलायतसँग वार्ता गर्ने टोलीका संयोजक पनि रहेका छन् ।

लण्डनस्थित दूतावासमा कृयाशिल पत्रकारहरु तथा १४ संचार गृहहरुले गरेको स्वागत तथा अन्तरक्रियामा राजदूत आचार्य आफ्नो चार बर्षे कार्यकालमा नेपाल र बेलायतबीच गरिने कार्यक्रमको प्राथमिकता निर्धारण गरि कामहरु अघि बढाइएको जानकारी दिए ।

उनले कोरोना महामारीपछि बेलायत–नेपालको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्दै बेलायतसंग ब्यापार, पर्यटन , कला संस्कृति लगायतका विविध विषयमा आफ्नो कार्यकालमा ठोस र उपलब्धिमुलक कार्य गरिने योजना बनाएको बताए ।

नेपाल पत्रकार महासंघ बेलायत तथा नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौलाको अध्यक्षतामा आइतबार राजदूतावास लण्डनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा अध्यक्ष निरौलाले दूताबाससँग पत्रकारहरु सहकार्य गर्न तयार रहेको बताए । उनले यहाँस्थित संचार सम्बद्ध संस्थााहरुले दूतावासमा एउटा सूचना केन्द्र र पुस्तकालय स्थापना गर्न चाहेको बताए ।

अन्तरक्रिया कार्यक्रमा वरिष्ठ पत्रकारहरु सुमन खरेल, बालमुकुन्द जोशी, गोविन्द बेलवासेलगायतले बेलायतमा नेपाली पत्रकारिताको विगतको अनुभव र भविष्यको चनौतीका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा लण्डन नेपाल न्युज डटकमको निर्देशक राजकुमार त्रिपाठीले बेलायतमा अनलाइन मिडियाका समस्याका बारेमा प्रकाश पारे । कार्यक्रममा नेपाली चलचित्र पत्रकारिताका बारेमा वरिष्ठ संचारकर्मी मनिष श्रेष्ठ आफ्नो अनुभव सुनाए ।
पत्रकार तथा सामाजिक अभियन्ता संगीता मरहठ्ठाले संचारमा महिलाको भूमिका बढाउनु पर्नेमा जोड दिएकी थिइन् ।

नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष संजयभक्त कंडेलले संचालन गरेको कार्यक्रममा संघका वरिष्ठ सदस्य खुशी लिम्बुले स्वागत मन्तव्य दिएका थिए । महासंघ सल्लाहकार डा. जगन कार्कीले समेत पत्रकारिताका चुनौती र गर्नुपर्ने कार्यहरुका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।