देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भीष्मराज फुलाराको चौथो कृति ‘वासुदा’ सार्वजनिक

देशान्तर

काठमाडौं । युवा साहित्यकार भीष्मराज फुलाराको चौंथो कृति ‘वासुदा’ उपन्यास सार्वजनिक भएको छ ।

साहित्यकार नवराज लम्साल, समालोचक ज्ञाननिष्ठ ज्ञवाली, लेखक फुलारा र उहाँका दाजु वासुदेव फुलाराले राजधानीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा कृति लोकार्पण गरेका थिए । समालोचक ज्ञवालीको नौ पृष्ठ लामो भूमिका रहेको उपन्यासमा संघर्ष, प्रेम र उद्देश्यको त्रिवेणी रहेको छ ।

कार्यक्रममा ज्ञवालीले ७५औं पुस्तकमा भूमिका लेखिसकेको पनि कार्यक्रममा जानकारी गराइएको थियो । लम्सालले उपन्यासमा लेखकले आफ्ना दाजु भाउजूको प्रेमकथालाई विषयवस्तुका रूपमा प्रस्तुत गरेर नयाँ प्रयोग गरेको सुनाए ।

लेखकले आफू साहित्यमा लागेर अपार आनन्द पाएको बताउनु हुँदै लेखनमै आनन्दानुभूति हुन थालेको अनुभव सुनाए । लेखकका दाजु वासुदेव फुलाराले आफ्नो संघर्षको कथा उपन्यासमा आए पनि यो धेरै युवाको कथा भएको चर्चा गरे ।

२४३ पृष्ठको उपन्यास फुलारा लिटरेचर फाउन्डेसनले गरेको हो । उपन्यासको मूल्य साधारण गातातर्फ ३५५ र बाक्लो गाता ५५० रुपैयाँ तोकिएको छ । लेखकका यसअघि ‘नफापेको मान्छे’ र ‘टुहुरो कुण्डली’ उपन्यास एवं ‘नेपाली भाषा र साहित्यको इतिहास त्यहाँदेखि यहाँसम्म’ साहित्यिक इतिहासको कृति प्रकाशन भइसकेको छ ।