देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि र कवि

देशान्तर

रवि र कवि उस्तै हुन्
एक ठाउँमा बसेर संसार उज्यालो बनाउँछन्
रवि नभए संसारमा उज्यालो हुँदैन
कवि नभए संसारमा चेतना फैलिँदैन

रवि ब्रह्माण्डको राजा हो
कवि संसारको साझा हो
एकै ठाउँमा बसेर पनि संसार उज्यालो बनायो रविले
एकान्तमा बसेर पनि चेतना फैलायो कविले

पृथ्वी थिएन रविको के काम ?
मनुष्य थिएन कविको के काम ?
रविको योगदानले जगत चलायमान छ
कविको योगदानले जीवन चलायमान छ

रवि नपुगेको ठाउँमा कवि पुग्छ
उज्यालोभन्दा चेतनाको प्रकाश फराकिलो हुन्छ
रविले नगरेको कार्य कविले गर्छ
कविले नगरेको कार्य रविले गर्छ

लक्ष्मीप्रसाद ढकाल
दर्शनाचार्य अध्ययन
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।