देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘मेडिकल क्षेत्रमा प्याथोलोजी हेपिएको विषय भित्र पर्दछ’

देशान्तर

मेडिकल क्षेत्रले प्रविधिको विकासमा फड्को मारिसकेको छ । यसै क्षेत्रको एक विषय प्याथोलोजी पनि हो । विश्वमा यसलाई महत्वपुर्ण क्षेत्रका रूपमा लिइन्छ । यो मानिसको जन्मदेखि मृत्युुसम्म काम लाग्ने विषय हो । विभिन्न समयमा निस्कने नयाँ भाइरस होस् वा मानिसको शरीरमा के कारणले कुन अंगमा रोग लागेको छ भनेर थाहा पाउन पनि प्याथोलोजीको सहायता लिनु पर्दछ । यस्तो महत्वपुर्ण विषय किन मेडिकल क्षेत्रमा हेपियो, यो विज्ञान र प्रविधिमा कसरी जोडिएको हुन्छ भन्नेजस्ता विषयमा भारतबाट प्याथोलोजीमा एमडी गरेका सम्यक डायोनोस्टिक सेन्टर, जाउलाखेलका अध्यक्ष डा. केयुर गौतमसँग देशान्तरका सचिन दाहालले गरेको कुराकानीको सम्पादित अंश ।

प्याथोलोजी के हो ?
गाइनो, हाडजोर्नी, नाक, कान, घाँटी भने जस्तै मेडिसिनमा प्याथोलोजी पनि एउटा विषय हो । मेडिसिन क्षेत्रमै यो महत्वपूर्ण विषय भित्र पर्दछ । यसको सहायताले ७० प्रतिशतभन्दा बढी डायनोसिस गरी रोग पत्ता लगाई उपचार गरिन्छ । कुन अंगमा के रोग लागेको छ, कति क्षति पु¥याएको छ भन्ने विषय यसैको सहायताले थाहा पाउन सकिन्छ । तर, यस्तो महत्वपूर्ण विषय मेडिसिनमा हेपिएको छ । मानिसको जन्मदेखि मृत्युसम्म प्याथोलोजीकै भूमिका रहेको हुन्छ । बच्चा जन्मनुभन्दा अगाडि आमाको अवस्था कस्तो छ भनेर हेर्न, बच्चा म¥यो, किन म¥यो भनेर हेर्ने पनि प्याथोलोजीकै सहारा लिनुपर्छ ।

यस्तो महत्वपुर्ण विषय किन हेपिएको जस्तो भयो त ?
प्याथोलोजी डाक्टरी पेसामा विकसित हुँदै गएको पेसा हो । तर, नेपालमा भने विकास हुन सकेको छैन् । अर्को विषय भनेको डाक्टरहरूको पोस्टिङ कहिले पनि प्याथोलोजीमा हुँदैन । पोस्टिङ नभएपछि यस क्षेत्रमा कतिको जटिलता छ भन्ने थाहै हुँदैन । त्यसैले धेरैजसो अस्पतालले यसलाई हेपेका छन् ।

प्याथोलोजीमा विज्ञान र प्रविधि कसरी घुसेको छ ?
चिकित्सा क्षेत्रमा सबैभन्दा धेरै औजारसँग खेल्ने भनेकै प्याथोलोजी विषय हो । चार हजार वर्ष पहिला इजिप्टमा मानिस मसिसकेपछि गलब्याडर निकालिएको थियो । त्यसपछि केहीले रोगलाग्दा भगवान्ले सरापेर लागेको भन्ने गर्दथे । त्योभन्दा दुई हजार वर्षपहिले भने फरक तरिकाले बिरामीको रोग पत्ता लगाइन्थ्यो । आजभन्दा चार सय वर्ष पहिले माइक्रोस्कोपको विकास भयो । माइक्रोस्कोपका कारण रोग किन लाग्यो र त्यसले कुन अंगमा असर गरेको छ भन्ने विषय थाहा पाउन थालियो । उदाहरणका रूपमा धेरै चिल्लो खाएमा मुटुमा असर गर्छ भन्ने विषय पहिले नै पत्ता लागेको होइन । मुटु काटेर हेरेपछि लेदो देखियो त्यसपछि मात्र थाहा भयो । हामी व्यक्तिको रगतमा रहेको ग्लुकोच, प्रेसर, थाइराइडजस्ता रोगको रिपोर्ट चाँडो निकाल्न चाहन्छौं । जुन मेसिन पाँच लाखदेखि पाँच करोडसम्म पर्छ । रिपोर्ट उही हो तर काम चाँडो हुने र ढिलो हुनेमा निर्भर गरेका कारण महँगो तथा सस्तो मूल्य परेको हो । समयको विकाससँगै चाँडो काम गर्ने मेसिनको विकास भएसँगै विज्ञान र प्रविधि पनि जोडिएको छ ।

७० वर्ष अगाडिको प्याथोलोजी र अहिलेमा के भिन्नता छ ?
पहिले पनि धेरै चिल्लो खाएमा कोलस्टोर हुन्थ्थो र कार्बोहाइटेड धेरै खाएमा सुगर हुन्थ्यो । अहिले पनि त्यो हुन्छ । अहिले रोबोटले रगत तान्न सक्छ । त्यो विज्ञान र प्रविधिका कारणले गर्दा हो । तर मानिसले तान्नु र रोबोटले गर्नुमा फरक छ । मानिसको जस्तो मानवीय व्यावहार रोबोर्टले गर्दैन । फरक अहिले विकसित भएको प्रविधि नै हो ।

विश्वमा प्याथोलोजीको अवस्था कस्तो छ ?
मानिसले कोभिड, एड्सलगायत अन्य रोगका बारेमा जान्न प्याथोलोजिको सहायता लिनु पर्दछ । विश्वमा नयाँनयाँ मेसिनले आधुनिक तरिकाबाट रिपोर्ट निकाल्न थालिएको छ । तर, नेपालमा अहिले पनि भने चार सय वर्ष पहिले विश्वमा निस्किएको मेसिनबाट रिपोर्ट निकालिँदै छ । प्याथोलोजीको विषयमा कम जानकार रहेरै अहिले नेपालमा गम्भीर रोग लागेका बिरामीको ल्याब टेस्ट गर्नु परेमा भारतलगायत देशमा लाने गरिएको छ । जसले नेपालको पैसा विदेश गइरहेको छ । यस विषयमा सरकारको ध्यान जान सकेको छैन ।