देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

देशान्तर

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् ।

माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्‍नको जवाफ दिनेक्रममा दाहालले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताएका हुन् ।

प्रतिवेदन मूलतस् सही छ भन्दै सुझाव आएको उल्लेख गर्दै दाहालले आमूल परिवर्तन आवश्यक नदेखिएको बताए । दाहालले भने, टोली नेताहरूले लिखित नै राख्नुभएको छ ।

सबैले यो प्रतिवेदनको मूल स्परिट सही छ भन्नुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । त्यो पनि सुझाव नै हो, दाहालले भने, म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु यो सिँगै हलको साझा प्रतिवेदन भयो । सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरुले पाउनुहुन्छ । म्यासिभ परिवर्तन गर्नुपर्ने मैले देखेको छैन । तर सबै सुझाव समेटिन्छ ।

अध्यक्ष दाहालले बन्दसत्रको पहिलो दिन सोमबार २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । प्रतिवेदन सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा पनि प्रतिनिधिलाई नबाँडिएको भन्दै नेतृत्वको आलोचना भएको थियो । प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन गरिएको थियो ।