देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनएको निर्वाचन कार्यतालिका स्थगित

देशान्तर

गैर आबासीय नेपाली संघको निर्वाचन तेश्रो पटक स्थगित भएकोछ । महाधिबेशन प्रतिनिधिको बिबाद समाधान नगरि गर्न खोजिएको निर्वाचनमा उम्मेद्वारहरुनै सहभागि नहुने अवस्था आए पछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । बिबाद समाधानका लागि चार सदस्यीय समितिको गठन गरिएकोछ ।

यस् अघि अक्टोबर र नोभेम्बरमा पनि महाधिबेशन प्रतिनिधिको अन्तिम नामवली निर्वाचन समितीलाई उपलब्ध गराउन नसक्दा निर्वाचन स्थगित भएको थियो । जुलाईमा भएको एनसिसी चुनावमा बिभिन्न देशमा प्रबिधीको दुरुपयोग गरिएको र प्रतिनिधि चयन पनि प्रजातान्त्रिक पद्धति अनुसार नगरिएको भनेर थुप्रै उजुरी परे पनि त्यसको निराकरण हुन सकेकोछैन ।

प्रतिनिधि चयन बिधान अनुसार नभएको भनेर नेपाल सरकारको पररास्ट्र मन्त्रालयमा निबेदन परेकोले मन्त्रालयले बिधान अनुसार प्रतिनिधि चुनेर निर्वाचन गर्नु भनेर निर्देशन दिएको थियो । उक्त निर्देशन बिरुद्ध संघका अध्यक्ष कुमार पन्त अदालत गएका थिए , अदालतले अन्तरिम आदेश गरि निर्वाचन प्रकृया सुचारु गर्नु भने पनि प्रतिनिधि बिबाद समाधान भएकोछैन ।

साथै बिबाद समाधान नगरि हुने गतिबिधिमा सहभागि नहुने भन्दै दुई तिहाइ एनसीसीहरुले बिरोध जनाएका थिए र केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्क पनि बुझाएका छैनन । नब निर्बाचित आईसीसी सदस्यहरुले पनि मनोनयन शुल्क बुझाएकाछैन ।

निर्वाचन समितिले आभ्ह्वान गरेको फेस रिडिङ प्रकृयामा पनि सदस्यहरु सहभागि नभएको र भोलि आभ्ह्वान गरिएको उम्मेद्वारी मनोनयनमा पनि धेरै उम्मेद्वारहरु ( बिशेष गरि कुल आचार्य समुह) सहभागि नहुने देखेर निर्वाचन प्रकृया स्थगित गर्नु परेको हो ।