देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गैरआवासीय नेपाली संघ (एनआरएनए) बिभाजनको संघारमा

देशान्तर

गैरआवासीय नेपाली संघ (एनआरएनए )बिभाजनको संघारमा पुगेको छ ।

असक्षम गैरजिम्मेवार नेतृत्व, राजनितिक गुटबन्दी र ब्यक्तिगत स्वार्थका कारण बिभाजनको संघारमा पुगेको बताइएको छ । संघको दशौँ अधिवेशनको प्रतिनिधि विवाद अदालतमा बिचाधिन रहेको अवस्थामा संघका अध्यक्ष कुमार पन्त भने डिसेम्बर १५ मा निर्वाचन गराउने जोडबलमा लागेका छन् अर्कोतिर असन्तुष्ट पक्ष प्रतिनिधि चयन विवाद नभएसम्म चुनावमा भाग नलिने अडानमा देखीएको छ ।

गत अक्टोबर २३ देखी २५ सम्म हुने भनिएको संघको अधिवेन ६५ प्रतिशत र २५ प्रतिशत प्रतिनिधि छनोटको बिवादका कारण स्थगित भएको थियो । संघको नेतृत्वले असन्तुष्ट पक्षको गुनासो र उजुरीमा चासो नदेखाएपछि उनिहरु पररास्ट्र मन्त्रालयमा निवेदन दिन पुगेका थिए । परराष्ट्र मन्त्रालयले विवाद समाधान गरेर मात्र अधिवेशन गर्न निर्देशन दिएको थियो ।

संघको नेतृत्व पक्षले एक महिनासम्म पनि विवाद र समाधानमा कुनै पहल नगरेपछी परराष्ट्र मन्त्रालयले अर्को पत्र लेखी संरक्षक परिषदलाई निर्वाचनको जिम्मेवारी दिएको थियो ।अध्यक्ष पन्तले मन्त्रालयको निर्णय र निर्देशन हस्तक्षेपकारी भएको जिकीर गर्दे पाटन उच्च अदालतमा दायर गरेको मुद्धामा अदालतले परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न अन्तरीम आदेश दिएको छ र सो मुद्धाको फैसला अदालतमा विचाराधिन छ ।

अदालतको अन्तरीम आदेश सगै संघका अध्यक्ष पन्तले डिसेम्बर १५ मा निर्वाचन र १८–२० मा अधिवेशन गर्ने एकल निर्णय जारी गरेका छन् । संघको विधानअनुसार अधिवेशन तय गर्नको लागी कम्तीमा ७ दिन अगाडि एजेन्डा सहित कार्यसमितिको बैठक बोलाएर बैठक बाटै पास गर्नु पर्ने हुन्छ । तर कार्यसमितिको बैठक नै नडाकी अध्यक्ष पन्तले एकल निर्णयबाट अधिवेशनको मिति तोकेका हुन्् ।
पन्तले यसअघि पनि विधान विपरीत अधिवेशनको घोषणा गरेका थिए । अध्यक्ष पन्त लगायतको नेतृत्वको टोलीले पटक–पटक विधान विपरीत आफु अनुकुल निर्णय गर्दे आएको सदस्यहरुको आरोप छ । संस्थापन पक्षले अमेरीका ,बेलायत र अष्टे«लियाको २५ प्रतिशत प्रतिनिधि चयन विधान अनुरुप नभएको बताउदै आएको छ ।

असन्तुष्ट पक्षले ६५ प्रतिशत प्रतिनिधि चयन प्रक्रियामा नेतृत्वले विधानको अपव्याख्या र अधिकारको दुरुपयोग गर्दे सर्वमान्य सिद्धान्त र प्रचलित नियम कानुन विपरीत नयाँ अधिवेशनको लागी पुरानो कार्यसमिति बाट छनोट गर्न निर्देशन दिएको आरोप लगाउदै त्यसलाइ सच्याउनु पर्ने माग राख्दै आएको छ । पछिल्लो पटक डिसेम्बर ६ मा अध्यक्ष पन्तले अमेरीका ,बेलायत र अष्टे«लियाका अध्यक्षहरुलाइ पत्र लेख्दै २५ प्रतिशत प्रतिनिधि चयन विधान विपरीत भएको भन्दै विधान अनुरुप पठाउन निर्देशन जारी गरेका छन् ।

यसको लागी बुधबारसम्मको समय सिमा दिइएको छ । असन्तुष्ट पक्षका अध्यक्ष उमेदवार कुल आर्चाय र महासचिवका उमेदवार डा. केशब पौडेलले विवाद समाधान नभएसम्म चुनावमा भाग नलिने कुरा सामाजिक संजालमार्फत प्रस्ट पारेका छन । अध्यक्ष पन्तले जबरजस्ती चुनाव गराए पनि अमेरीका ,बेलायत अष्टे«लियालगायत युरोपका थुप्रै देश र मध्य पुर्वका केही देशहरुले चुनावमा भाग नलिई बहिष्कार गर्ने स्थिति देखीएको छ । यो अवस्थामा गैरआवासीय नेपाली संघ विभाजित हुने लगभग निश्चत छ ।

संघका अधिकांस सदस्यहरुले अध्यक्ष पन्त नाम मात्रका अध्यक्ष रहेको बताएका छन् । कुनै निर्णय र अडान लिन नसक्ने भएका कारण उपाध्यक्ष बद्री केसी र महासचिव हेमराज शर्माले आफ्नो स्वार्थ र लाभका निम्ति संघको प्रक्रियागत कुरामा जबरजस्ती बलमिच्याई गरेको आरोप असन्तुष्ट पक्षका सदस्यहरुले लगाउदै आएका छन् ।