देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको एक अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

देशान्तर

काठमाडौँ – छिमेकी मुलुक भारतको महाराष्ट्र प्रदेशको अहमदनगर जिल्लास्थित एक सिभिल अस्पतालमा आगलागी हुँदा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैगरी ७ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

अस्पतालको भुइँ तलामा रहेको आइसियुमा आगलागी भएको थियो । उक्त आइसियुमा १७ जना बिरामी भर्ना भएका थिए ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अस्पतालले जनाएको छ ।

आगलागी भएको खबर पाउँदा बित्तिकै दमकल समयमै आई आगो नियन्त्रणमा लिएको थियो ।

महाराष्ट्रका पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता देवेन्द्र फडणवीसले घटनाको गहिरो तरिकाले अध्ययन गर्नुपर्ने र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।​