देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतमा २४ घन्टामा ४० हजार भन्दा बढी सङ्क्रमित

देशान्तर

लन्डन – बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । यो समेतगरी यहाँ भाइरसका सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ ।

गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ । यो समेतगरी यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट सङ्क्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन् । बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ ।